कार्तिक, २६ । हरिवंश आचार्य आइतबार ६४ वर्ष टेकेका छन् । जीवनको यो बिन्दूसम्म आइपुग्दा पनि ‘स्टारडम’मा कमी आएको छैन । हलमा चलिरहेको फिल्म ‘महापुरुष’ले यसलाई प्रमाणित गर्छ ।
‘महापुरुष’मा हरिवंश पिता बनेका छन् र फिल्मका प्रमुख कलाकार पनि । उनको अभिनयको त प्रशंसा हुने नै भयो, बक्स अफिसमा फिल्मको प्रस्तुतिले पनि हरिवंशको स्टारडम अहिले पनि उत्तिकै लोभलाग्दो छ भन्ने पुष्टि गर्छ ।
महापुरुषको प्रदर्शनले तीनवटा स्पष्ट सन्देश दिएको छ । पहिलो( हरिवंशको लोकप्रियतामा कमी आएको छैन । दोस्रो( उनी बक्स अफिसका अब्बल खेलाडी पनि हुन् । तेस्रो( अघिल्लो र अहिलेको पुस्तालाई जोड्ने जादू उनमा छ ।
पुरानो र नयाँ दुवै पुस्तामाझ हरिवंशको क्रेज अहिले पनि लोभलाग्दो छ । यस्तो क्रेज कमै सेलिब्रिटीलाई प्राप्त हुन्छ । यो बहुआयामिक स्टारडमको प्रभाव महापुरुषको बक्स अफिसमा स्पष्ट देखियो ।
आचार्यको करिअर चाहिं रेडियो नेपालदेखि सुरु भयो । २०३१ सालमा रेडियो नेपालबाट जागिर थालेका उनले हरिप्रसाद रिमाल र जितेन्द्र महत अभिलाषीसँग सहकार्य गरे । २०३२ सालमा उनले राष्ट्रिय नाचघर ज्वाइन गरे ।
अभिनेता मदनकृष्ण श्रेष्ठसँग महजोडी नाममा उनको व्यावसायिक सहयात्रा उदाहरणीय मानिन्छ । श्रेष्ठसँग मिलेर हरिवंशले गाईजात्रा कार्यक्रम, सिरियल र फिल्ममा सहकार्य गरेका छन् ।
मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य
हरिवंश अभिनित फिल्महरु लोभीपापी, फिलिम, राजामती, शिलु, बलिदान, जे भो राम्रै भो, तँ त साह्रै बिग्रिस् नि बद्री हिट छन् । उनी अभिनित फिल्म बलिदानलाई नेपाली फिल्म इतिहासमै अब्बल मानिन्छ । हालै अनलाइनखबरसँग कुरा गर्दै हरिवंशले बलिदान र महापुरुष आफ्ना गम्भीर फिल्महरु भएको बताएका थिए । लालपुर्जा, पन्ध्र गते, भकुण्डे भूत, मदनबहादुर हरिबहादुर, ५०(५०, दशैंको च्यांग्रा सिरियल अहिले पनि उत्तिकै रुचाइन्छन् । हरिवंश स्वयंले लेखेको फिल्म ‘शत्रु गते’ २०७४ सालमा रिलिज भएको थियो ।
हरिवंश अब महसञ्चारले निर्माण गर्न लागेका केही सिरियल र सामाजिक कार्यक्रममा सक्रिय हुँदैछन् । तर फिल्म चाहिं साइन गरेका छैनन् ।
लोकप्रिय अभिनेता हरिवंश आचार्यलाई जन्मदिनको शुभकामना । अनलाइनखबर
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com