मंसीर, ६ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका चुनावी प्रतिष्पर्धामा उत्रिएका सागर ढकालले स्वेच्छाचारी नेतालाई राजनीतिबाट हटाउन नसकिएको बताएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमा ढकालले एक स्टाटस लेख्दै भनेका छन्, ‘राणालाई सकियो, राजालाई सकियो तर यी हत्या गरेर राजनीतिमा स्थापित हुनुभएका हजुरबुवाहरु राणा राजा भन्दा पनि स्वेच्छाचारी हुनुभएको छ।’
सागर ढकालले फेसबुकमा लेख्नुभएको स्टाटस जस्ताको तस्तै
साथिहरु बिन्ति डडेल्धुरामा रहेका युवाहरुलाई गालि नगरिदिनुस है। झापामा केपि वली, गोरखामा प्रचण्ड र यहाँ शेरबहादुरलाई तिनै ठाँउका जनताले सजिलै आराम गराउनु पर्ने हो तर फ्रि को खाना, गाडी र हेलिकप्टरबाट युवाहरु नभएर रित्तो भएका गाउमा आमा बुवाहरुलाई जोगाउन चाही गाह्रो भएको हो। नतिजाको लागि अझै धेरै नै गन्न बाँकी छ। ९५५ युवाहरुले सकेको साथ दिनुभएको छ । युवाहरु देशभरि जागेका छन्। राणालाई सकियो, राजालाई सकियो तर यी हत्या गरेर राजनीतिमा स्थापित हुनुभएका हजुरबुवाहरु राणा राजा भन्दा पनि स्वेच्छाचारी हुनुभएको छ। केही नभएपनि प्रकृतिले नै अब उहाँहरुलाई बाइबाइ भनिसक्छ केही बर्ष भित्र । काँग्रेस, एमालेका युवाहरु ढुंगा मुढा गरेपनि त्यति खराब हुनुहुन्न वा भनौ मान्छे नै मार्नु भएको छैन । यी हजुरबुवाहरु अस्ताउँदो सूर्य हुन् भने हामी उदाँउदो सुर्य । अब ढुक्क हाम्रो पालो हो र पालो आइसकेको छ। चिन्ता नै नलिनुस्।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com