मंसीर, ९ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिएर पराजय भएका सागर ढकालले आफुले पराजय भोगेपनि संसद बाहिर रहेर काम गरेर देखाउने बताएका छन् ।
आज समाजिक सञ्जाल फेसबुकमा ढकालले लेखेका छन्, ‘अब मैले काम शुरु गरिसकेको छु। डडेल्धुराको केन्द्रिय अस्पतालमा त्यहाँका डाक्टरहरुसँग के गर्न सकिन्छ भन्ने सानोतिनो छलफल भएको छ। जित्ने पो १६५ हुन् , दोस्रो तेस्रो हुने त हजारौँ छन् । फस्ट नभएपनि पनि कति काम गर्न सकिँदो रहेछ भनेर एउटा मोडेलको रुपमा म संसद बाहिर प्रस्तुत हुनेछु ।’
उनले भने, ‘संसद बाहिर भएका प्रतिद्वन्धी मध्ये नेपालभरि टप टेनमा पर्न ५ बर्ष कडा मेहनत गर्नेछु। म सजग छु, मैले चाल्ने हरेक पाइलाले २ करोड युवा सँगसँगै समग्र नेपालीको प्रतिनिधित्व गर्नेछ। म व्यक्ति सागर भएको छैन अब युवाको ठुलो सागर भएको छु। देशभरिबाट गर्नुभएको माया सद्भाव र विश्वास टुट्न दिने छैन । बिस्तृत योजना २-३ महिनामा बनाउने छु। डडेल्धुरा, सुदुर पश्चिमसँगै देशको मुद्दा उठाउनेछु।’
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com