मंसीर, ११ । नेकपा माओवादीका पोलिटब्यूरो सदस्य माधव सापकोटा सुबोधले प्रतिनिधिसभा सदस्यको निर्वाचित प्रमाणपत्र लिएका छन् ।
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट विजयी भएका सुबोधले आज निर्वाचन अधिकृतको कार्यालय चौतारामा प्रतिनिधिसभा सदस्यको निर्वाचित प्रमाणपत्र लिएका हुन् । सुबोधलाई निर्वाचन अधिकृत रुद्रप्रसाद सुवेदीले प्रमाणपत्र प्रदान गरे ।
उनी गएको मंसीर ४ गते भएको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट विजयी भएका थिए । सुबोध एमालेका सरेश नेपाललाई पछि पार्दै विजयी भएका हुन।
सुबोधसहित सिन्धुपाल्चोकबाट विजयी प्रतिनिधिसभा तथा प्रदेशसभाका सांसदहरुलाई पनि निर्वाचन अधिकृत सुवेदीले प्रमाणपत्र दिएका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com