मंसीर, १३ । सोलुखुम्बुकी बिनु यादव आफूले न्याय नपाएको भन्दै सर्वोच्च अदालतको गेट अगाडी पुगेर विरोध गरेकी छन् ।
बिनुले आफूले न्याय नपाएको भन्दै सर्वोच्चको गेटमा रङ फ्याँक्दै विरोध गरेकी हुन् । श्रीमान्ले आफूमाथि हिंसा गरेको तर त्यसविरुद्ध उजुरी दिँदा पनि आफूले न्याय नपाएको भन्दै यादवले सर्वोच्चको गेट अगाडि रातो रङसहितको पानी फ्याँकेर विरोध जनाएकी हुन् ।
आफूलाई श्रीमान्को परिवार नै मिलेर शारीरिक र मानसिक रुपमा हिंसा गरेको भन्दै उनले प्रहरीकहाँ उजुरी दिएकी थिइन् । अहिले उनको मुद्दा उच्च अदालत पाटनमा विचाराधीन रहेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com