पौष, ५ । नवनिर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुवोधले पाँच वर्षदेखि आयोजना अलपत्र पार्ने ठेकेदारलाई तत्काल काम अघि बढाउन निर्देशन दिएका छन् ।
सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ मा पर्ने सुकुटे–छाप गाउँ– ठोकर्पा–१२ किलो भञ्याङ सडकको कालोपत्रेको काम पाएको ठेकेदार कम्पनिलाई सांसद सुबोधले तत्काल काम अघि बढाउन निर्देशन दिएका हुन् । सोही सडकको अनुगमनका लागि सांसद सुबोधसहित प्रदेशसभा सदस्य अमृता नेपाल लगायतको टोली हिजो त्यस क्षेत्रमा गएको थियो । अनुगमनका क्रममा पाँच वर्ष अघि ठेक्का सम्झौता भएको कालोपत्रेको काम अलपत्र रहेकाले ठेकेदारलाई अनुगमन टोलीले तीन दिने अल्टिमेटम समेत दिएको छ ।
५ बर्ष अघि सुकुटे–छाप गाउँ–ठोकर्पा–१२ किलो भञ्याङ सडक कालोपत्रेको लागि गौरि पार्वती निर्माण सेवा प्रा.लि.र सडक डिभिजन कार्यालय चरिकोटविच सम्झौता भएको थियो । ३ बर्ष भित्रमा काम सक्नेगरी गौरि पार्वती निर्माण सेवाले २०७४ असार २५ गते कामको जिम्मा लिएको थियो । सम्झौता भएर २ पटक म्याद थप्दा समेत सडकको काम पुरा नभएपछि उपभोक्तहरू आक्रोशित छन् ।
अनुगमनको क्रममा पछिल्लो पटक ठेक्का पाएको ठेकेदार कम्पनि अर्याल ब्रदर कन्ट्रक्सनलाई ३ दिन भित्रमा काम सुरुगरी चैत भित्रमा काम सक्ने अल्टिमेटम दिइएको छ ।
सांसद सुबोधले भने, ‘निर्माण कम्पनिलाई कुनै समस्या भए व्यावहारिक रुपमा सुल्झाउन म तयार छु तर, काममा कुनै बाहाना स्वीकार्य हुने छैन ।’
यता, सडक कलोपत्रेको जिम्मा लिएको अर्याल प्रदर कन्ट्रक्सनका प्रोपाइटर सञ्जय अर्यालले तत्काल काम सुरु गर्ने र आगामी चैतसम्ममा सबै काम सक्ने लिखित प्रतिबद्धता जनाएका छन् । ठेकेदार कम्पनीले २५ करोड ३५ लाख ७० हजार ३ सय १६ रुपैयाँमा सडक कालोपत्रेका लागि जिम्मा लिएको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com