पुस ५ । संसदीय दलको नेतामा संस्थापन इतर पक्षबाट एकल उम्मेदवार तय गर्ने विषयमा कांग्रेस महामन्त्री गगन थापा र शेखर कोइरालाबीचको छलफल सकिएको छ । लैनचौरको एक होटलमा भएको छलफलमा दुवै नेता दलको नेतामा उम्मेदवारी दिने आ आफ्नो अडानबाट पछि नहटेपछि सहमति जुट्न नसकेको नेताहरुले बताएका छन् ।
बैठकमा नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे, जीवन परियार, नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडू, चन्द्र भण्डारी हृदयराम धानीलगायत सहभागी थिए ।
दुई नेताबीच सहमति नजुटेपछि थप छलफलका लागि अनामनगरको बेसेरा होटेलको बस्न लागेको संस्थापनइत्तरको केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन शीर्ष नेताहरु त्यसतर्फ प्रस्थान गरेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com