पौष, १२ । सरकारले पुस २५ गते संसद बैठक बोलाएको छ। राष्ट्रपति विद्यादेवि भण्डारीले १३ दिनको समय राखेर संसद बैठक आह्वान गरेकी हुन्। जसअनुसार संसद बैठक आगामी पुस २५ गते दिउँसो १ बजे बस्नेछ। ४ मंसिरको चुनाव सम्पन्न भएपछि पहिलो पटक संसद बैठक बस्न लागेको हो।
यही बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने तयारी छ। संसदमा प्रधानमन्त्रीले कम्तिमा बहुमत १३८ पाउनु पर्ने हुन्छ। दाहाल सरकारलाई अहिले प्रतिनिधि सभाका १ सय ६९ सांसदको समर्थन रहेको छ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com