पुष २२। एक महिनासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माधव नारायण पूजा आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने यस कार्यलाई माघ स्नान पनि भनिन्छ ।
पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ । मध्याह्नकालमा महादेवको पूजा गरिन्छ भने बेलुका स्वस्थानी व्रत कथा सुन्ने÷सुनाउने परम्परा छ । साथै भक्तिपूर्वक शिव–पार्वतीको पूजा गर्ने चलन छ ।
यस अवसरमा आजैदेखि एक महिनासम्म काठमाडौंको उत्तरपूर्वमा अवस्थित साँखुको शालीनदीमा माधवनारायणको मेला लाग्छ । माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिइ पुण्य कमाइने धार्मिक विश्वास छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com