पुस, २३ । नेकपा माओवादी केन्द्रले पार्टी एकताका लागि कार्यदल बनाएको छ । विभिन्न वामपन्थी दलरूसँगको एकताका लागि उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलमा महरासहित महासचिव देव गुरुङ, उपमहासचिव जर्नादन शर्मा ‘प्रभाकर’, सचिवहरू शक्ति बस्नेत र गिरिराजमणि पोखरेल रहेका छन् ।
शनिबार बिहान मात्र एकताका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईबीच बालुवाटारमा छलफल भएको थियो । कार्यदलले नेसपा मात्र नभएर एकीकृत समाजवादी पार्टी, नेत्र विक्रम चन्द नेतृत्वको नेकपा, नेकपा बहुमतलगायत सबै वामपन्थी दलहरूसँग एकताका लागि छलफल गर्ने माओवादीका एक नेताले बताए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com