पुष, २७। नेपाली काँग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले लत्रिएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर काँग्रेसले सत्ताको आगाडि शिर झुकाएको टीप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल मार्फत नेता शाहीले काँग्रेसले मत दिनु भनेको लोकतान्त्रिक मुल्य मान्यताको अबमुल्यन गरेको टीप्पणी गरेका हुन् । उनले भने, ‘काँग्रेससँग गठबन्धन गरेर चुनाव जित्ने अनि आफैले प्रतिगामीका मतियार भनेका केपि शर्मा ओलीसँग घाटी जोडेर कुर्सीको लागि सबैकुरालाई तिलाञ्जलि दिने प्रचण्डको छेपारो प्रबृतीलाई सजाय दिनुको साटो झन मलजल गर्ने कुरा काँग्रेसी कार्यकर्ताको भाबना बिपरित छ ।’
जसले विश्वासघात गर्यो उसैलाई विश्वासको मत दिनु लाचारी र आत्मसमर्पण जस्तै भएको नेता शाहीको भनाई छ । केही व्यक्तिहरुको निहित सत्ता स्वार्थकोलागि काँग्रेसको इतिहास समाप्त पार्न खोज्ने यो फोहोरी राजनीतिप्रति खेद छ उनले भनेका छन्, ‘वर्तमानमा काँग्रेसले सरकारतिर फर्किएर र्याल चुहाउने भन्दा पनि गाउँतिर फर्किएर जनताको सुखदुखमा साथ दिनु पर्छ ।’
उनले काँग्रेसकालागि सशक्त प्रतिपक्षको भुमिका नै आजको वास्तविकता रहेको भन्दै सरकारालाइ विश्वासको मत दिनु भनेको यो सरकार ठिक छ भनेर पक्ष लिनु भएको बताए । उनले सरकार ठिक छ भनेर विश्वासको मत जाहेर गरिसकेपछि अब के आधारमा काँग्रेसलाई प्रतिपक्षी दल भन्न मिल्छ र ? भन्दै प्रश्न गरेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com