काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रिय समिति शैक्षिक विभागको सहकार्यमा शिल्पी नाटकघर बत्तिसपुतलीमा यहि पुष १३ गतेबाट ‘ज्ञानको चिहान’ नामक नाटक चलिरहेको छ । विश्व विद्यालय भित्र हुने शैक्षिक विकृतिको चित्रण यस नाटक भित्र प्रर्दशन गर्न खोजिएको छ । अखिल (क्रान्तिकारी) की केन्द्रिय अध्यक्ष पञ्चा सिंहको परिकल्पनामा र लेखकत्रय पूर्ण बहादुर गन्धर्व, नरेश रेग्मी र आशिष घिमिरेले लेख्नु भएको नाटकलाई संगीत सापकोटाले निर्देशन गर्नुभएको छ ।
शिक्षाको प्रारम्भिक चरणबाटै अभिभावक र विद्यार्र्थी ठगिने गरेको प्रसंगबाट सुरु भएको विषय वस्तु विश्व विद्यालयको कुलपतिसम्म पुग्दा के कस्तो विकृति छ भन्ने विषयमा केन्द्रित देखिन्छ । सामुदायिक विद्यालय र नीजि विद्यालयको तुलना, शिक्षाको गुणस्तर भनेको अंग्रेजी भाषा मात्र हो भन्ने बर्तमान बुझाई, बिद्यार्थिको रिजिल्टलाई र भविश्यलाई देखाएर नीजि विद्यालयले गर्ने शैक्षिक व्यापारको उजागर गरेको छ ।
विद्यालय तहको अध्ययन पुरा गरि उच्च शिक्षा पढ्ने विद्यार्थिले क्याम्पसमा भोग्ने समस्या, प्राध्यापक र प्रशाषकहरुको असक्षमता, विद्यार्थी संगठनले भोगेका विश्वविद्यालयका समस्यामाथि कडा प्रहार गरिएको छ । विद्यार्थि संगठनका नेताहरुले विनाकारण प्रशाषणलाई दिने दवाव, तोडफोड, नारावाजी र ताला बन्दिले हुने शैक्षिक घाट, शैक्षिक व्यरोजगारका कारण विद्यार्थिहरु विदेश पलायन हुनु पर्ने बाध्यात्मक अवस्था चित्रण गरिएको छ । नेताहरुले राजनितिक भाग बन्डाका भरमा भिसि जस्तो गरिमामय पद बाँडफाँडले देखापर्ने समस्या, राजनैतिक अराजकता, विद्यार्थी संगठनहरु बाटै भएका गलत कामको उजागर गरिएको छ ।
विद्यार्थी संगठनको कम्जोरी र बेमानिका कारण युवापुस्तामा राजनीतिप्रति देखापरेको नकरात्मक प्रभावको पनि चिरफार गरिएको छ । नाटककी पात्र विद्यार्थी संगठनकी प्रमुख ज्वाला मार्फत राजनीतिको फोहोर बाहिर बसेर सफा गर्न नसकिने भएको हुनाले सक्षम युवाहरु राजनीति मै प्रवेश गरेर सफा गर्नु पर्छ भन्ने सकरात्मक प्रस्तुति निकै प्रभावकारी देखिन्छ । ज्वालाको हाउभाउ र भाषणले युवा राजनितिलाई निकै प्रेरणा मिलेको देखिन्छ ।आफ्नै नेताहरुले गरेका गलत कामको भण्डाफोर गर्दै असल कामको प्रचार गर्नु पर्ने धारणा छ उनको । शिक्षक, विद्यार्थी र ब्यवस्थापनका कमजोरीका कारण अस्तब्यस्त भएको विश्वविद्यालय सुधार गर्न सकिन्छ भन्ने धारणा राख्ने प्राध्यापक नै अरु कामचोर प्राध्यापकको सञ्जालमा अल्मलिनु पर्ने बाध्यतालाई बढो गज्जवले ब्यङ्ग्य गरिएको छ । विश्व विद्यालयमा हुनु पर्ने भोतिक पुर्वाधार, आधारभूत सुविधा, सुचना प्रविधिको विकास आदिको अभावमा काम गर्नु पर्ने बाध्यता देखाईएको छ ।
विद्यार्थि संगठनको प्रयासले विश्वविद्यालयलाई रचनात्मक वनाउन सकिन्छ भन्ने देखाईएको छ । युवा पुस्तामा देखा पर्ने विपरित लिङ्ग प्रतिको आकर्षण, प्रकृति प्रदत्त गुण हो भन्ने देखाउन नाटकमा समुदायिक विद्यालयका शिक्षक शिक्षिका विचको आकार्षण तथा विद्यार्थि संगठनका नेताहरुमा पलाउने प्रेमलाई दर्शाईएको छ भने विद्यार्थि नेतृहरुले पितृ सतात्मकताका खराब अवशेषहरु नामेट पार्नु पर्छ भन्ने खरो प्रस्तुती देखाईएको छ । यसरी नाटकमा विश्व विद्यालय ज्ञानको भण्डार हुनु पर्नेमा बिकृति र विसंगतिको पुञ्ज भएको कुरा दर्साईएको छ ।
विश्व विद्यालय वृहत समाज हो र यसले धेरै समाजको प्रतिनिधित्व गरेको हुन्छ भन्ने देखाउन विश्व विद्यालयमा समाज शास्त्र अध्ययनको महत्व दर्साईएको छ । हिन्दु दर्शन र माक्र्सवादमा पनि धेरै कुरामा समानता छ भन्ने देखाईएको छ । हिन्दु दर्शनले भन्ने ’’सर्वे सुखिन भवन्तु’’ र माक्र्सवादले भन्ने साम्यवादमा तात्विक भिन्नता नरहेको संकेत गरिएको छ ।
शिल्पि नाटकघरका कलाकारहरुको कलात्मक प्रस्तुति, संगितमय नाट्य प्रस्तुति र कलात्मक व्यवस्थापन नाटकका थप सवल पक्षहरु हुन् । अतिथि, दर्शक, श्रोताहरुलाई गर्ने सत्कार र समापन पश्चात लिईने प्रतिकृया र फोटो सेसनले नाटकलाई थप बल पुगेको देखिन्छ । विद्यार्थि संगठन मुल्य बृद्धिमा सडक तताउने मात्र हैन रचनात्मक काममा पनि उत्तिकै अब्वल प्रस्तुति दिन सक्छ । समाज रुपान्तरणमा अग्रणिम भुमिका खेल्न सक्छ भन्ने कुरा यो ज्ञानको चिहान नामक नाटक मञ्चनले प्रमाणित गरेको छ ।
(लेखक सुवास जमरकट्टेल अखिल ( क्रान्तिकारी ) केन्द्रिय समितिका पूर्व सचिव हुनु हुन्छ । )
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com