माघ, १६ । भारतसँगको महिला मैत्रीपूर्ण फुटबल खेलका लागि ४३ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।
राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक चरणमा ४३ खेलाडीलाई बोलाएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । एन्फाले दुई दिनअघि थापालाई प्रशिक्षक नियुक्त गरेको थियो ।
महिला टोलीको बन्द प्रशिक्षण सातदोबाटोस्थित एन्फाको खेल मैदानमा मंगलबारदेखि सुरु हुने एन्फाले जनाएको छ । नेपाली राष्ट्रिय महिला टोलीले आगामी फेब्रुअरीमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने छ । नेपाल र भारतबीच फेब्रुअरी १३ देखि २५ भित्रमा चेन्नाईमा दुई खेल हुने तालिका छ ।
बन्द प्रशिक्षणमा बोलाइएका मध्ये प्रिती राई, दिपा शाही, अमिशा कार्की, कविता विक, सरस्वती हमाल र कुशुम खतिवडा बंगलादेशमा हुने साफ यू(२० महिला च्याम्पियनसिप खेल्न जाँदैछन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com