माघ, २६ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से दोहोरा अंकले बढेर बन्द भएको छ । बजार परिसूचक नेप्से १२।४५ अंकले वृद्धि हुँदा २१८२।६३ अंकमा बन्द भएको छ ।
दिनभर उतारचढाव देखिएको बजार अन्तिम समयमा बढेर बन्द भएको हो । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने तयारी गरेको छ । बाह्य क्षेत्रमा सुधार भएसँगै शिथिल भएको अर्थतन्त्र चलायमान बनाउन राष्ट्र बैंकले केही नीतिहरु खुकुलो बनाउन सक्ने अपेक्षामा लगानीकर्ता देखिएका छन् ।
जसले गर्दा दिनभर रातो देखिएको बजार अन्तिम समयमा दोहोरा अंकले बढेर बन्द भएको छ । नेप्सेमा सुधार देखिएपनि मौद्रिक नीति समीक्षाको पखाईमा लगानीकर्ता देखिएका छन् । जसले गर्दा कारोबार रकम भने २ अर्ब ६ करोड २० लाख ५९ हजारमा सीमित भएको छ । अपि पावरको सर्वाधिक ५ करोड ८६ लाख ५५ हजारको कारोबार हुँदा नबिल बैंकको ५ करोड ७३ लाख ५५ हजार र ङ्यादी ग्रुप पावरको ५ करोड ३३ लाख ७ हजारको कारोबार भएको छ । बिहीबार म्युचुअल फण्ड बाहेक सबै उपसूचक वृद्धि हुँदा नेप्से पनि दोहोरो अंकले बढेको हो । बिहीबार विकास बैंक उपसूचक सर्वाधिक १।४६ प्रतिशत र हाइड्रोपावर उपसूचक १ प्रतिशतले वृद्धि भएको छ ।
बजारमा कुल २१६ कम्पनीको सेयर कारोबार हुँदा १५२ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ भने ५८ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ६ कम्पनीको सेयरमूल्यमा भने स्थिर छ । जसमध्ये बाराही हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । त्यस्तै विजय लघुवित्तको सेयरमूल्य ५।९२ प्रतिशत र जोशी हाइड्रोपावरको सेयरमूल्य ५।६३ प्रतिशतले बढेको छ ।
गुराँस लघुवित्तको सेयरमूल्य सर्वाधिक ४।१६ प्रतिशतले गिरावट हुँदा आदर्श लघुवित्तको सेयरमूल्य ३.४९ प्रतिशत र विन नेपाल लघुवित्तको सेयरमूल्य २।६९ प्रतिशतले गिरावट भएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com