माघ, २७ । दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका वडा नं ८ को कार्यालयले गरेको जग्गा धनिहरुको डालेघाँस र फलफुल बाहेक सवै रुख कटान गर्ने निर्णय विरुद्ध परेको रिटमा उच्च अदालत पाटनले कारण देखाउसहितको अल्पकालिन अन्तरिम आदेश दिएको छ । न्यायाधीस राज्यलक्ष्मी बज्राचार्यको एकल इजलासले सोही वडामा जग्गाधनीले डालेघाँस र फलफुल बाहेकको रुख काट्नु पर्ने निर्णय र सुचनाका विरुद्ध परेको रिट निबेदनमा आज कारण देखाउसहितको अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो ।
वडा कार्यालयले गएको पुष १३ गते वडाभित्र रहेका जग्गाधनीहरुले आफ्नो जग्गाभित्र रहेका फलफुल तथा डाले घाँस वाहेक अन्य सवै रुखहरु कटान गर्न दोस्रोपटक सूचना प्रकाशित गरेको थियो । वडाको यस्तो निर्णय वातावरण पर्यावरणविरुद्ध हुने भएकाले सोही निर्णय वदर गरिपाउँ भनि कानुन न्याय मञ्चमार्फत अधिवक्ता नवीन कार्की, अधिवक्ता द्वय सुजन कार्की, आलोक शिवाकोटी र कानुनको विद्यार्थी श्रद्धा सापकोटाले उच्च अदालत पाटनमा रिट निवेदन दिएका थिए । अधिवक्ताहरु गुणराज पोखरेल, जगन्नाथ मिश्र, नविन कार्की र सुजन कार्कीले डालेघाँस र फलफुलको रुख वाहेक अन्य रुख काट्ने भनी भएको सम्पुर्ण निर्णय, आदेश, पत्राचार, सूचना उत्प्रेषणको आदेशले वदर गरी पाउँ भनि बहस पैरवी गरेका थिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com