फागुन, २ । बागमती प्रदेशमा पनि अब अंकभारमा आधारित सवारी चालक अनुमतिपत्र लाइसेन्स परीक्षा प्रणाली सुरु भएको छ । मंगलबार हेटौंडामा एक कार्यक्रमका बीच बाग्मती प्रदेशका श्रम तथा यातायात मन्त्री एकालाल श्रेष्ठले अंकभारमा आधारित परीक्षा प्रणालीको सुरुवात गरेका हुन् ।
१९ चैत २०७७ मा यातायात व्यवस्था विभागले १ जेठ २०७८बाट लागु हुने गरी अंकभारमा आधारित लाइसेन्स परीक्षा प्रणाली सम्बन्धी निर्देशिका जारी गरेको थियो । अहिलेसम्म बाग्मती प्रदेशले नै यो प्रणालीबाट परीक्षा लिन चासो दिएको थिएन । पुरानो प्रणालीअनुसार प्रयोगात्मक परीक्षामा एउटै गल्ती भए पनि लाइसेन्स लिन अयोग्य हुने अवस्था थियो । तर नयाँ निर्देशिकाअनुसार ट्रायलका विभिन्न चरणलाई फरक–फरक अंकभार दिइएको छ र ७० अंक ल्याएमा लाइसेन्स लिन योग्य हुनेछ । अर्थात् सामान्य गल्ती गरे पनि लाइसेन्स पाउनबाट वञ्चित हुनुपर्दैन ।
नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गरेको छ । विभागले ‘क’ ‘ख’ र ‘ट’ वर्गको मोटरसाइकल, स्कुटर र मोपेडसहित ‘ख’ वर्गको कार, जिप र डेलिभरी भ्यान र ठूला सवारीको लाइसेन्सको लिखित परीक्षामा सोधिने प्रश्नपत्र सार्वजनिक भएको छ । त्यही संग्रहभित्रबाट लिखित परीक्षामा अब ४र४ नम्बरका २५ प्रश्न सोध्ने व्यवस्था गरिएको छ । ती प्रश्नको अंकभार सय नम्बरको हुनेछ । नयाँ व्यवस्था अनुसार लिखित परीक्षामा ६० अंक ल्याउनुपर्ने हुन्छ ।ट्रायलमा भने ७० अंक ल्याउनुपर्नेछ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com