फागुन, ६ । अहिले युट्युव, फेसबुकदेखि मेला महोत्सवहरुमा लाइभ दोहोरीको अत्याधिक माग छ । दोहोरी गायक गायिकाहरुलाई लाइभ दोहोरीमा सहभागी भई कमाइ गर्न भ्याईनभ्याई छ । सुरुमा कुरा गरौँ लाइभ दोहोरीमा अत्याधिक व्यस्त हुने गायक गायिका र उनीहरुको डिमाण्ड बारे ।
राजु परियार
उनी नेपाली लोक संगितका बादशाह नै हुन् । उनलाई लोक तथा दोहोरी क्षेत्रको राजा नै मान्ने उनको फलोअर्सहरु लाखौँ छन् । देश विदेशबाट उनको लाइभदोहोरी सुन्न र हेर्न रुचाउनेहरु अत्याधिक छन् । युट्युबतिर पनि लाइभ दोहोरी सर्च गर्दा राजुकै भिडियोहरु अत्याधिक भेटिन्छन् । राजुले ताल परे एकैदिन १० वटासम्म दोहोरी गाइदिन्छन् । आजकाल कलाकारहरुले नै युट्युब च्यानल खोलेर कलाकारहरुलाई बोलाई गित रेकर्ड गरि युट्युबमा राख्ने ट्रेण्ड चलेको छ । कतिपय युट्युबरहरुले समेत युट्युबबाट राम्रो कमाई हुने भएपछि स्टुडीयो भाडामा लिएर कलाकारलाई राम्रो पारिश्रमिक दिएर गित रेकर्ड गराई युटयुबमा राख्दछन् । त्यसैले अहिले लाइभ दोहोरीमा कलाकारहरुलाई भ्याइ नभ्याई छ । राजु परियार यस्तो लाइभ दोहोरीका लागि धेरै सजिला व्यक्ति हुन् । र उनले आफ्नो डिमाण्ड रेट पनि हाई राखेका छन् । उनले एउटा एपिसोडको १५ हजार रुपैयाँसम्म लिन्छन् । एक आयोजकले बोलाएको लाइभ दोहोरीमा कम्तिमा पनि तीन वटा एपिसोडमा गाइदिन्छन् । र तीन एपिसोडको १५ तियाँ ४५ हजार रुपैयाँ लिन्छन् । एकैदिनमा १० वटासम्म एपिसोड गाए भनेँ उनले एक लाख ३० हजार देखि डेढ लाख रुपैयाँसम्म कमाउँछन् । तर संधै लाइभ दोहोरीको चापाचाप भने हुँदैन । लाइभ दोहोरी नभएको बेला उनी देशभरका मेला महोत्सवहरुमा पुग्छन् । विदेशका कार्यक्रमहरु पनि भ्याइरहेकै हुन्छन् । राजू एक बेफुर्सदी लोककलाकार हुन् ।
बविता बानियाँ जेरी
राजु परियारसंग जोडी मल्निे गायिकाहरु ताँती थुप्रै छन् । विशेष गरि बबिता बानियाँ जेरी र राजु परियारको राम्रो जोडी जम्ने चर्चा हुन्छ । र उनीहरुकै जोडी रहेको लाइभ दोहोरीको भिडियो बढि भ्युज कमाएको पाइन्छ । अब कुरा गरौँ जेरीको । जेरी कति चार्ज लिन्छीन् त ?
बबिता बानियाँ एक असाधारण प्रतिभा भएकी लोक तथा दोहोरी गायिका हुन् । उनको दोहोरीका टुक्काहरु अन्य कलाकार भन्दा निक्कै मर्मस्पर्शी र चोटिलो प्रहारयुक्त हुने गर्दछ । उनी अत्यन्तै भावुक गित पनि गाउन सक्छीन् अत्यन्तै चोथाले टुक्कायुक्त गित पनि गाउन सक्छीन् । उनी पछिल्लो ७÷८ वर्षदेखि नेपाली लोक तथा दोहोरी क्षेत्रमा एकछत्र उचाई चुमिरहेकी छिन् । अझ पछिल्लो समय श्रीमान्संगको सम्वन्ध विच्छेदको दुखद घडीमा पनि उनले पीडालाई अवसरमा बदल्दै गीत गाएरै श्रोता दर्शकको मन जित्न सफल रहीन् । जेरी पनि राजुले जस्तै दिनमै ८÷१० वटा सम्म लाइभ दोहोरीहरु गाउँन पुग्छीन् । जेरीले एउटा एपिसोडमा गाएको १० हजार रुपैयाँ लिन्छीन् । यदी एउटै आयोजकले सोही समयमा अर्काे पनि एपिसाड गाउन लगाए भने १५ हजारमै दुई एपिसोड गाउन पनि तयार हुन्छीन् । युटयुवले राम्रो डलर पे गर्ने भएपनि दर्जनौँ व्ययक्ति तथा कलाकारहरुले लाइभ दोहोरी रेकर्ड गरि युट्युवमा हाल्ने गरेका छन् । त्यसैले कलाकारहरुले पनि आफ्नो रेट बढाएका हुन् । आजकाल जेरी लाइभ दोहोरीमा भन्दा मेला महोत्सव र दोहोरी साँझहरुमा बढि व्यस्त भएको देखिन्छ ।
कल्पना दाहाल
उनी तीन वर्ष पहिले इन्द्रेणीमा रमेश प्रसाइँसंग गित गाएर भाइरल भएकी थिइन् । त्यसपछि रातो टिका वाली कल्पनाको मार्केट ह्वात्तै बढ्यो लाइभ दोहोरी र मेला महोत्सवमा उनको माग बढ्यो । तर दुध उम्लएि जस्तो एकै पटक उम्लीएको कल्पनाले आफ्नो रेट पनि यति बढाइन् की नेपाली कुनै पनि कलाकारले डिमाण्ड नगरेको रेड राखिन् । एउटै एपिसोड लाइभ दोहोरी गाएको २५ हजार रुपैयाँ डिमाण्ड गर्न थालिन् । महोत्सवहरुमा गाएको एक लाख डिमाण्ड गर्न थालिन् । त्यसपछि उनलाई आयोजकहरुले पत्याउन छाडे । लाइभ दोहोरीहरुमा बोलाउन छाडेपछि आजका मुस्कीलले इन्द्रेणीमा ठाउँ पाइरहेकी छिन् । अझ विवाह गरे पनि उनी घर गृहस्थीमै अल्मलिएको देखिन्छ ।
अलिफ खान
उनी पनि कल्पना भन्दा फरक देखिन्न् । मस्लीम समूदायमा जन्मीएका अलिफले मिठो स्वरमा गित गाएको भिडियोहरु भाइरल भएपछि लाइभ दोहोरीमा अलिफको डिमाण्ड ह्वात्तै बढ्या । उनले पनि कल्पनाले झैँ डिमाण्ड हाई गराए । उनले एउटै एपिसोड गाएको ८ हजार रुपैयाँ रेट राखे । र पनि उनको लाइभ दोहोरी युट्युवमा धेरै खोजिने र हेरिने भएपछि आयोजकले उनलाई महंगोमै भए पनि खरिद गर्दथे । तर आजकाल अलिफ आजकाल खासै लाइभ दोहोरीमा डिमाण्डमा पर्दैनन् । किनकी उनी लाइभ दोहोरमिा आफैँ टुक्का भर्न सक्ने कलाकार होइनन् । भाइरल भएपछि सबैले रोजे पनि उनको दोहोरीको अधिकांश टुक्का अरुले नै बनाएर सुनाइदिएपछि गाउँथे ।
रविन लामिछाने
उनी एक हसिलो रसिलो गायकमा पर्छन् । सरल स्वभावका रविनले हालसम्म सयौँ लाइभ दोहोरीहरु गाइसकेका छन् । युट्युवमा लाइभ दोहोरी खोज्दा प्रसस्त भेटिने गायक मध्य रविन पनि एक हुन् । रविनले लाइभ दोहोरीमा गाउनका लागि धेरै महंगो शुल्क राखेका छैनन् । उनी ५ हजार रुपैयाँमा दुई एपिसोडसम्म पाइदिन तयार हुन्छन् । उनले आफूलाई पैसा मात्रै सबैथोक हो भन्ने नसोचेको गफगाफका क्रममा बताउँछन् । यद्यपी थुरै शुल्कमा धेरै गित गाउने कलाकारको सुचीमा रविन पर्दछन् ।
प्रदिप रोका
उनी एक चक्लेटी लोक गायक हुन् । विशेष गरी बबिता बानियाँसंग चार टुक्के÷ छ टुक्के गित गाउनेमा उनको प्रदिपको जोडी अत्याधिक खोजी हुन्छ । प्रदिपले काठे भाकामा लाइभ दोहोरी गाएका दर्जनौँ लाइभ दोहोरीहरु युट्युव र टिकटकमा भाइरल छन् । मेला महोत्सवमा बढि व्यस्त हुने प्रदिप लाइभ दोेहोरीमा हत्तपत्त हिडिहाल्ने बानी छैन । तथापी राम्रो पैसा आउने भयो भने पुगि पनि हाल्छन् ।उनले एउटै एपिसोड गाएको ५ हजार रुपैयाँ पारिश्रमिक लिन्छन् ।
अस्मीता डीसी
उनी अहिलेको चल्तीको गायिका हुन् । सानै उमेरमा मिठो स्वरमा मन छुने चिटिक्कको टुक्का भरेर गाउने खुबी अस्मीतामा छ । थोरै बोल्ने, मिजासिलो मुहारका कारण पनि उनको श्रोता दर्शक एकाध वर्षमै ह्वात्तै बढेको हो । नुवाकोटे अस्मीताले हालसम्म तीन सय भन्दा बढि एपिसोडहरु लाइभ दोहोरी गाइसकिन् । उनले एउटा एपिसोडको २५ सय देखि ३ हजार रुपैयाँ शुल्क लिन्छीन् । तर दुई भन्दा बढि गित गाउनु पर्ने भयो भने अलिकति कम्प्रोमाइज पनि गर्छिन् । कुनै रकर्डेट एल्बममा झैँ भद्र शब्द चयन अस्मीताको विशेष्ता हो । लाइभ दोहोरीमा पनि अस्मीताले उच्च तहको शब्द प्रयाग गर्छिन् ।
श्याम राना
श्याम राना एक हसिलो लोक तथा दोहोरी गायक हुन् । उनको ठट्यौली बानीका कारण लाइभ दोहोरु िरमाइलो हुने गर्दछ । उनले लाइभ दोहोरी गाए वापत एक एपिसोडको ३ देखि ५ हजार रुपैयाँ लिन्छन् । तर उनको पनि खास आयश्रोत मेला महात्सव र विदेशमा हुने कन्सर्टहरु नै हो । शिला आले, सुशीला लामा, प्रदीप पराजुली, रेशम निर्दाेष लगायतका कलाकारहरुले पनि वार्गेनिङका आधारमा २ देखि ४ हजार रुपैयाँसम्म पर एपिसोड डिमाण्ड गर्ने गर्दछन् ।
लोक दोहोरी क्षेत्रका पशुपति शर्मा, बद्रि पाण्डे, शिव हमाल, राधिका हमाल, कुलेन्द्र विसि, पूर्णकला विसि जस्ता कलाकारहरु भने लाइभ दोहोरीमा उत्ति साह्रो पुग्दैनन् । कुनै विशेष महत्वका लाइभ दोहोरी बाहेक सहभागी हुने गरेका छैनन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com