फागुन, ११ । प्रतिनिधिसभा सदस्य तथा सांसद माधव सापकोटा सुबोधले गाउँका कतिपय विद्यार्थी शिक्षा हासिँल गर्न सहर पस्नेक्रम बढ्दो रहेको बताए ।
सिन्धुपाल्चोकको चौतारासाँगाचोकगढी नगरपालिका स्थित दक्षिणकाली माध्यमिक विद्यालयको ६८ औँ वार्षिकउत्सव तथा अभिभावक भेलालाई सम्बोधन गर्दै सांसद सुबोधले गाउँमै रोजगारीको अवसर नहुँदा पनि गाउँका विद्यार्थी सहर पस्न बाध्य बनेको बताएका हुन् । आफ्नै गाउँका विद्यालयमा अध्ययन गर्ने वातावरण बनाउनु अहिलेको चुनौती रहेको सांसद सुबोधको भनाई छ ।
स्थानीय स्तरमै शिक्षाको गुणस्तर विकासका लागि आफुले नीति निर्माण बनाउने लगायतका काममा सक्दो पहल गर्ने सांसद सुबोधले प्रतिबद्धता जनाए ।
उनले युवाहरुलाई गाउँमै स्वरोजगार बनाउनुपर्नेमा जोड दिँदै हरेक गाउँबस्तीमा रोजगारको अवसर सिर्जना गर्न आवस्यक रहेको बताए । कार्यक्रममा स्थानीय, जनप्रतिनिधि, शिक्षक, अभिभावक विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com