फागुन, २० । नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकले संगठन तथा जनसंम्बन्ध सुदृढ अभियान सञ्चालन गर्ने भएको छ । आज सहिद स्मृति भवन चौतारामा भएको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको पूर्ण वैठकले २०८० साल बैशाख मसान्तसम्म संगठन तथा जनसंम्बन्ध सुदृढ अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । वैठकले अभियान तयारीका लागि जिल्लामा पालिका स्तरिय बैठक यहि फागुन मसान्तसम्म सक्ने निर्णय गरेको छ । अभियानलाई सफल बनाउन निर्वाचन क्षेत्रअनुसार विभिन्न व्यक्तिलाई जिम्मेवारी समेत दिइएको छ । एक नम्बर निर्वाचन क्षेत्रको (क) मा लालकान्छा तामाङ र (ख) मा चन्द्र्रप्रसाद सापकोटालाई अभियान संयोजकको जिम्मेवारी दिइएको छ । त्यस्तै, दुई नम्बर क्षेत्रको (क) मा चिरन्जीवी आचार्य र (ख) मा उद्यान आले मगरलाई अभियान संयोजकको रुपमा तोकिएको छ ।
पार्टीलाई जिल्लामा थप मजबुद बनाउनका लागि संगठन तथा जनसम्बन्ध सुदृढ अभियान गर्ने निर्णय गरिएको जिल्ला इन्चार्ज समेत रहनुभएका संघीय सांसद माधव सापकोटा सुबोधले जानकारी दिनुभयो । उहाँकाअनुसार अभियानका क्रममा पार्टी सदस्य नविकरण तथा विवरण अद्यावधिक गर्ने, टोल समिति निर्माण गर्ने, चारवटा पालिका (भोटेकोसी गाउँपालिका, बाह्रविसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका र हेलम्बु गाउँपालिका¬) मा विशेष सम्मेलन गरिनेछ ।
निवर्तमान सभामुख तथा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाको प्रमुख आतिथ्यातामा भएको वैठकमा संघीय सांसद माधव सापकोटा सुबोध, प्रदेश सांसद सरल सहयात्री, युवराज दुलाल र अमृता नेपाललगायत जिल्ला स्तरीय पदाधिकारी तथा नेताहरुको सहभागिता रहेको थियो । वैठकको अवसरमा सिन्धुपाल्चोकबाट निर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सांसदलाई सम्मान समेत गरिएको छ । पूर्वसभामुख सापकोटाले सांसदहरुलाई सम्मानपत्र वितरण गर्नुभयो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com