फागुन,२२ । यूएईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु शृखंलामा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । लिग टुमा नेपालले अहिलेसम्म यूएईलाई हराउन सकेको छैन । यूएईसँग दुबई इन्टरनेशनल मैदानमा उत्रँदा नेपालको लक्ष्य लिग टु मा यूएईलाई पहिलो पटक पराजित गर्नु हुनेछ । शृखंलाको अघिल्लो खेलमा नेपालले यूएईलाई २०७ रनमा रोके पनि पूरै ओभर ब्याटिङ गर्न नसक्दा ६८ रनले पराजित भएको थियो । आजको खेलका लागि लिग टु को शीर्ष तीनमा पर्ने सम्भावना कायम राख्नका लागि पनि महत्वपूर्ण छ ।
लिग टु को शीर्ष तीनमा रहने टिमले जिम्बावेमा हुने १० टिम सम्मिलित विश्वकप क्वालिफायर खेल्न पाउनेछ । स्कटल्याण्ड र ओमानले शीर्ष दुईमा रहेर विश्वकप छनोटमा स्थान पक्का गरिसकेको छ । तेस्रो हुनका लागि नेपाल र यूएईसहित नामिबिया होडमा छन् ।
३६ खेल खेलिसकेको नामिबिया ३९ अंकसहित हाल तेस्रो स्थानमा छ र नेपालले नामिबियालाई पछि पार्न बाँकी रहेका पाँचै खेल जित्नुपर्नेछ ।
यदि नेपालले आज यूएईलाई पराजित गरेमा नेपालको त्यो सम्भावना कायम रहनेछ । पराजित भएमा भने नेपालको शीर्ष तीनको सम्भावना सकिनेछ र शीर्ष पाँचमा रहेर ओडीआई मान्यता जोगाउनेमा ध्यान केन्द्रित हुनेछ । नेपालले बाँकी तीन खेल जिते पनि शीर्ष पाँचमा स्थान पक्का हुनेछ ।
यूएईका लागि पनि नामिबालाई पछि पार्दै तेस्रो स्थानमा पुग्न नेपालविरुद्ध खेल जित्नै पर्ने अवस्था छ । घरेलु मैदानमा भइरहेको शृखंलाको दुवै खेलमा पपुवा न्युगिनीविरुद्ध पराजित भएपछि यूएईमाथि पनि दबाब बढेको छ । यूएई ३१ खेलबाट ३१ अंकसहित पाँचौ स्थानमा छ । समान खेलबाट नेपाल ३० अंकसहित छैटौं स्थानमा छ । ३६ खेल खेलिसकेको अमेरिका ३५ अंकसहित चौथो स्थानमा छ । शृखंलाको अघिल्लो खेलमा यूएईलाई नेपाललाई हराएर नेपालको लागातार पाँच खेलको जित यात्रालाई समेत ब्रेक लागएको थियो । त्यसैले पनि नेपाल यूएईविरुद्ध जितसहित बदला लिने लक्ष्यमा छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com