सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको शहिद नरनाथ आधारभूत विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । लायन्स क्लब अफ काठमाण्डौ क्यापिटलको समन्वय तथा उद्योगी तथा नेपाली कांग्रेसका युवा नेता प्रकाशसिंह कार्कीको सहयोगमा विद्यालयमा अक्षयकोष स्थापना गरिएको हो । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयमा ४ लाख ४५ हजार रुपैयाँ रकमको कोष खडा गरिएको लायन्स क्लब अफ काठमाडौं क्यापिटलका सदस्य समेत रहेका नेपाली कांग्रेसका युबा नेता दिनराज बास्तोलाले बताए । सदस्य बास्तोलाले शैक्षिक गुणस्तर सुधार गर्न कार्कीको पहलमा अक्षय कोषमा साझेदारी गरिएको जानकारी गराएका थिए ।
अक्षयकोषको स्थापना पश्चात नेता कार्कीले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारका लागि सबै पक्ष सचेत हुनुपर्ने बताए । समुदाय सचेत नबन्दा पछिल्लो समय सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था खस्कँदै गएको उनको भनाई थियो ।
गाउँ कार्यपालिका सदस्य जयन्ता अधिकारी, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ध्रुब भण्डारी,प्रधानाध्यापक कमल जमरकट्टेल, संस्थापकद्वय ललित ढुंगेल र यनुका भण्डारी तथा हिन्दु शान्ति एकता समाजका अध्यक्ष ठगेन्द्र जम्मरकटेल,नेपाली कांग्रेस ३ नं वडा सभापति होम बास्तोला,कृयटिभ सोसियल युथ क्लबका अध्यक्ष शम्भु घिमिरेले शुभकामना मन्तब्य व्यक्त गर्दै राजनीतिक रूपमा पार्टीगत आवद्धता भएपनि समाजसेवामा नेता कार्कीले गरेको सर्बपक्षीय सहयोगको खुलेर प्रशंसा गरेका थिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com