चैत, ९ । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले टेबल ढ्याप ढ्याप पारेर लिने समयको नाम फेर्न संशोधन प्रस्ताव दर्ता भएको छ । माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोधले सो व्यवस्थालाई संसद्को नियमावलीमै व्यवस्था गरेर ढ्यापढ्यापेको नाम फेर्न संशोधन हालेका हुन् ।
प्रतिनिधिसभाको प्रस्तावित नियमावली २०७९ को मस्यौदामा संशोधन पेस गर्दै सापकोटाले ढ्यापढ्यापे समयका रूपमा तजबिजमा प्रयोग हुँदै आएको समयलाई नियमावलीमै व्यवस्था गरेर आकस्मिक समयको रूपमा प्रयोगमा ल्याउन भनेका छन् ।
त्यस्तै शून्य समय र विशेष समयअघिको सो समयलाई नियमावलीमा व्यवस्था गर्नुपर्ने भन्दै सापकोटाले संशोधन गर्न माग गरेका हुन् । उनले कार्य व्यवस्था परामर्श समितिको निर्णयका आधारमा मात्र सभामुखले बैठक सञ्चालन गर्न पाउने गरी संशोधन गर्न माग गरेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com