चैत, ९ । प्रतिनिधिसभामा सांसदहरूले तजबिजबाट अभ्यास गर्दै आएको ढ्यापढ्यापे समयलाई आकस्मिक समयको रुपमा प्रयोगमा ल्याइएको छ । गत चैत्र १९ गतेको संसद बैठकले सो प्रस्ताव पारित गरेसँगै आजको संसद बैठकदेखी ढ्यापढ्यापे समयलाई आकस्मिक समयको रुपमा प्रयोगमा ल्याइएको हो ।
बैठकमा सांसदहरूले टेबल ढ्याप ढ्याप पारेर लिने समयको नाम फेर्न माओवादी सांसद माधव सापकोटा सुबोधले संशोधन प्रस्ताव दर्ता गरेका थिए ।
प्रतिनिधिसभाको प्रस्तावित नियमावली २०७९ को मस्यौदामा संशोधन पेस गर्दै सापकोटाले ढ्यापढ्यापे समयका रूपमा तजबिजमा प्रयोग हुँदै आएको समयलाई नियमावलीमै व्यवस्था गरेर आकस्मिक समयको रूपमा प्रयोगमा ल्याउन भनेका थिए।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com