वैशाख, २५ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ७ देउसा, आफ्नै प्रशासनिक भवन निर्माण गरि कार्यालय सन्चालन गर्ने जिल्लामै चौथो वडा बनेको छ । पाँच रोपनी जग्गा व्यवस्थापन गरि सुविधासम्पन्न भवन निर्माण गरि आइतबार देखि कार्यालय सन्चलनमा आएको हो ।
यो सङ्गै देउसामा आइतबार एकै पटक तीन योजनाको उद्घाटन गरिएको छ । नवनिर्मित वडा कार्यालय भवन, सामुदायिक स्वास्थ्य इकाई भवन र ढाका बुनाई तालिमको एकै पटक उद्घाटन गरिएको हो ।
तीन वटै योजनाको गाउँपालिका असिम राई, उपाध्यक्ष सबिता राई र प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले उद्घाटन गरेका हुन । वडा कार्यालय भवन जिल्ला समन्वय समितीको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत गरि करिब ९३ लाखको लागतमा निर्माण गरिएको हो । भने सामुदायिक स्वास्थ्य इकाई देउसामा पालिकाले करिब ३२ लाखको लागतमा निर्माण सम्पन्न गरेको हो ।
यस्तै मेडपा र गाउँपालिकाको १० संयुक्त लगानीमा ३ महिने ढाका बुनाई तालिमको पनि उद्घाटन भएको छ । उक्त तालिममा पालिकाभरका ३० जना महिलाहरुको सहभागिता रहेको वडाध्यक्ष भोजराज कार्कीले जानकारी दिए । ढाका बुनाई तालिमलाई उद्योगकै रुपमा विकास गर्ने भएकाले उत्पादित ढाकाको बजारिकरणको जिम्मा वडा र पालिकाले लिने उनले बताए ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष असिम राईले हरेक हिसाबले आफ्नो पालिका देशकै नमुना भएको दाबी गरेका छन् । प्रमुख अतिथिको आसनबाट बोल्दै अध्यक्ष राईले विकासको दृष्टिले देशकै ठुला मेगा प्रोजेक्टहरु थुलुङ दुधकोशीमा संचालन भएको जिकिर गरे ।
विकासमा जनप्रतिनिधिको हुटहुटी र मेहनतले कै कारण आज नागरिकको सबै भन्दा नजिकको सरकारको रुपमा पालिकालाई आभास दिलाउन सफल भएको उनल बताए । गाउँपालिका उपाध्यक्ष सविता राईले थुलुङ दुधकोशीको विकासलाई अन्य पालिकाले पनि अनुसरण गर्न थालेको दाबी गरिन । स्थानीय सरकारको लक्ष्य र उदेश्यलाई पूरा गराउन नागरिकको पनि सहयोग उत्तिकै महत्वपूर्ण रहेको उनको भनाइ छ।
यस्तै प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले वडाको विकासले नागरिकलाई परिवर्तनको आभास दिलाउने बताएका छन् । नागरिकको सबै भन्दा नजिकको सरकार स्थानीय सरकार भएकाले देउसाको विकासले नागरिक साच्चै खुसी भएको प्रजिअ भट्टराईले बताए ।
वडाध्यक्ष भोजराज कार्कीले भौतिक हिसाबले अब्बल भएसगै अब गुणस्तरीय सेवा प्रवाहमा केन्द्रित हुने बताएका छन् । नागरिकको सहजताका लागि आफुहरु रातदिन नभनी काम गरिरहेको भन्दै विकासमा नमुना वडा साबित गरेरै छोड्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा वडा कार्यालय भवनका लागि ५ रोपनी जग्गा दान गर्ने स्थानीयवासी नरभक्त राई, सोलाहाङ राई र ऐश्वर्य राई तथा स्वास्थ्य इकाई भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने भक्त कुमार राईलाई समेत सम्मान गरिएको छ । यस्तै वडाका निवर्तमान वडा अध्यक्ष राम संघर्ष किराँतीको निर्वाचित समूह सहित
गाउँपालिका अध्यक्ष असिम राई र उपाध्यक्ष सविता राईलाई पनि वडाको बिकासमा खेलेको भुमिकाको उच्च मुल्यांकन गर्दै सम्मान गरिएको वडा अध्यक्ष भोजराज कार्कीले बताए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com