विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको देखिएको छ। बाँझोपनाका निम्ति एक प्रमुख कारक मानिएको यस्तो खस्कँदो गुणस्तरको कारण चाहिँ के हो भन्नेबारे धेरै चर्चा गरिँदैन। तर अहिले आएर वैज्ञानिकहरूले ती कारणबारे निकै जानकारी बटुलेका छन्।
“हामी तपाईँको समस्या समाधान गर्न सक्छौँ,” चिकित्सकले जेनिफर ह्यानिङ्टनलाई भने। त्यसपछि ती चिकित्सक उनका पति सिआरानतर्फ फर्किए अनि भने: “तर तपाईँलाई भने हामीले खासै मद्दत गर्न सक्दैनौँ।”
इङ्ग्ल्यान्डको योर्कशरमा बस्ने यी दम्पतीले दुई वर्षदेखि सन्तान जन्माउने कोसिस गर्दैछन्। जेनिफरलाई प्रजनन क्षमतालाई प्रभाव पार्न सक्ने पोलिसिस्टिक ओभरियन सिन्ड्रम भन्ने बिमारी थियो। त्यसैले गर्भधारण गर्न अप्ठेरो हुने उनीहरूले ठानेका थिए। तर सिआरानको स्वास्थ्य अवस्थामा पनि समस्या होला भनेर उनीहरूले सोचेका थिएनन्। परीक्षणहरू गर्दा उनको वीर्यमा थोरै सङ्ख्यामा र कम गतिशील शुक्रकीट भएको पाइयो। अनि उपचार हुनसक्ने कि नसक्ने भन्ने सन्दर्भमा यी समस्या भनेको जेनिफरको समस्याभन्दा पनि गम्भीर थिए।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com