वैशाख, २६ । लिओनल मेसी र र विश्व विजेता अर्जेन्टिनी फुटबल टिमले लाउरेस वर्ल्ड स्पोर्ट्स अवार्ड प्राप्त गरेका छन् ।
मेसीले ‘मेन्स स्पोर्ट्स पर्सन अफ दि इअर’को अवार्ड जित्दा उनी सहितको टिमले ‘टिम अफ दि इअर’को अवार्ड प्राप्त गरे । मेसी एकै संस्करणमा दुई लाउरेस अवार्ड जित्ने पहिलो खेलाडी समेत बने ।
मेसीको कप्तानीमा अर्जेन्टिनाले गत डिसेम्बरमा कतारमा भएको फिफा विश्वकप जितेको थियो ।
कतार विश्वकपमा ७ गोल गरेका मेसीले उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल समेत जितेका थिए । अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई पराजित गर्दै ३६ वर्षपछि पहिलो पटक विश्वकप उपाधि जितेको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com