जेठ, १९ । युरोपमा आगामी जुन १६ तारिखदेखि हुने म्याराथनमा सोलुखुम्बुका दुई धावकले सहभागिता जनाउने भएका छन् । रबिन बस्नेत र ल्हामु शेर्पाले फ्रान्समा हुने म्याराथनमा सहभागिता जनाउने भएका हुन् ।
त्यसका लागि उनीहरु जुन ११ तारिखमा त्यस तर्फ प्रस्थान गर्ने द स्मल वल्र्ड (टिएसडब्लु)का अध्यक्ष कर्मा शेर्पाले जानकारी दिए । धावक बस्नेत र शेर्पा आगामी जुलाई १६ तारिखसम्म म्याराथनमा सहभागी भई सेप्टेम्बर १० तरिख नेपाल फर्किने छन् ।
सन् २०२० मा टिएसडब्लुले आयोजना गरेको ‘सोलुखुम्बु ट्रेल रेस’मा पुरुषतर्फबाट रबिन बस्नेत र महिलातर्फबाट ल्हामु शेर्पा प्रथम भएका थिए ।
ओखलढुंगा र सोलुखुम्बुको सिमाना धापबाट १५ दिन लामो ३ सय १० किलो मिटरको ‘सोलुखुम्बुु ट्रेल रेस भएको थियो । तल्लो भेगबाट सुरु भएर सगरमाथा आधार शिविर पुगि पुनःतल्लो क्षेत्रको फाप्लुमा आएर समापन भएको उक्त रेसमा विदेशी ६५ जना र नेपाली १५ जना गरी ८० जना धावकले सहभागीता जनाएका थिए ।
रेसमा सहभागी अधिकांश धावकहरु फ्रान्सका थिए भने बेल्जियम, स्वीजरल्यान्ड लयागतका यूरोपेली देशका धावकपनि सहभागी थिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com