जेठ, २२ । काठमाण्डौको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ ले वैदेशिक रोजगार जानुपूर्व गर्नुपर्ने तयारीका विषयमा दुई दिने युवा लक्षित तालिम दिएको छ ।
दुर्गामन्दिर स्थित १२ नम्बर वडाको कार्यालयमा भएको तालिममा ५० भन्दा बढि युवायुवतीहरुको सहभागिता रहेको थियो । वडा कार्यालयको आयोजनामा भएको तालिमको संयोजन सामाजिक संस्था बाल सचेतना केन्द्रले गरेको हो । वैदेशिक रोजगारमा जाँदा कतिपय युवायुवतीहरु ठगिएको, विदेशमा अलपत्र परेको तथा असुरक्षित भएको विषयलाई मध्यनजर गर्दै तालिम दिईएको वडा अध्यक्ष शम्भुप्रसाद भट्टराईले बताए ।
हिजो र आज भएको तालिममा स्थानीय स्तरमा उपलब्ध हुने सेवा सुविधाबारे समेत तालिममा सहभागि हुनेहरुलाई प्रशिक्षण दिईएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com