असार, १ । सिटिजन लाईफ ईन्स्योरेन्स स्वयम्भू शाखा काठमण्डौमा कार्यरत एजेन्सी मेनेजरहरुले विमा पोलेसि हस्तान्तरण तथा विमा सचेतना कार्यक्रम गरेका छन् । उनीहरुले आज भक्तपुरको ठिमीमा विमा पोलेसि हस्तान्तरण तथा विमा सचेतना कार्यक्रम आयोजना गरि विमितलाई सम्मानसहित विमा पोलिसी हस्तान्तरण गरेका हुन् ।
जेष्ठ महिनामा विक्रि गरेका जीवन विमा पोलेसीहरु हस्तान्तरण गरिएको एजेन्सी मेनेजर शुरेसबाबु जमरकट्टेलले जानकारी दिए । विशेष गरि आज सम्मानित विमितहरुमा दोलखा जिल्ला स्थायी ठेगाना भई भक्तपुर जिल्ला मध्यपुर ठिमी वडा नं ९ मा बसोवास गरि न्यु पञ्चकन्या सप्लायर्स नामक कोल्ड स्टोर्स सञ्चालक बाबुराम थापा, उहाँकी पत्नि गीता थापा र कोल्ड स्टोर्सका कर्मचारिहरु रहेका छन् । विमित भएपछि थापाले भने, ‘विमा पोलेसि बुझिसकेपछि आफुले आम्दानि गर्दै गर्दा भविष्यको लागि वचत गर्नु पर्छ, विमाले सुरक्षा र वचत दुबै दिन्छ भनेर मैले आफ्नो र स्टाफ सबैको विमा गराएको हु ।’
कार्यक्रममा सिटिजन लाईफ ईन्श्योरेन्स बालाजु क्षेत्रका प्रमुख विष्णु प्रसाद सापकोटा, स्वयम्भू शाखा प्रमुख कल्पना कार्की, सिनियर एजेन्सि मेनेजरद्वय किशोर पोखरेल तथा भेषराज भट्टराई, एजेन्सि मेनेजर युवराज पराजुलि, ध्रुव पराजुली, सिटिजन लिडर हरेराम खडका लगायतको उपस्थिति थियो । कार्यक्रमको व्यवस्थापन र सञ्चालन एजेन्सि मेनेजर सुरेश बाबू जमरकट्टेलले गरेका थिए ।
उनले यस्ता कार्यक्रमले जीवन विमाको क्षेत्रमा थप उर्जा प्रदान गर्ने तथा जनमानसमा रहेको जीवन विमा सम्बन्धि अनविज्ञतालाई चिर्दै विमितहरुले आफुले गरेको काम आफु, आफ्नो परिवार र समाजको लागि उदाहरणिय रहेछ भनेर थाहा पाउने हुनाले कार्यक्रमको आयोजना गरिएको एजेन्सि मेनेजर सुरेश बाबु जमरकट्टेलले बताए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com