असार, २ । ग्रिसमा हुने गल्स अपरच्युनिटी एलाइन्समा सहभागि बन्न नेपालबाट सोनाम डोका शेर्पा जाने भएकी छिन् । ग्रिसको एथेन्समा हुने सोही कार्यक्रममा सहभागि बन्न द स्मल वर्ल्ड टिएसडब्लुका कार्यकारी निर्देशक सोनाम डोका जुन १९ तारिखमा ग्रिस जाने भएकी हुन् । सोही कार्यक्रममा सोनाम डोकाले नेपालको तर्फबाट वातावरणीय परिर्वतनले नेपालमा पारेको असर र महिलाको शिक्षामा परेको प्रभावबारे कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा नेपालबाट सोनाम डोका शेर्पाको सहभागिताले निकै अर्थ राख्ने द स्मल वर्ल्ड टिएसडब्लुका अध्यक्ष कर्मा शेर्पाले बताए । सोनाम डोकाले नेपाली महिला र बालबालिकाका क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएकाकी छिन् । सन् २०२३ मा ‘दक्षता’नामक संस्थाले निकालेको ३० उदाहरणीय नेपाली महिलाको सूचीमा समेत सोनाम डोकाको नाम समावेश गरेको छ । सोनाम डोका शेर्पा, नेपालका बालबालिका र महिलाहरूको जीवन सुधार गर्न समर्पित गैर–लाभकारी संस्था द स्मल वर्ल्डका सह–संस्थापक हुन् ।
ओबामा फाण्डेशनको आयोजनामा ग्रिसमा हुन लागेको कार्यक्रम जुन १९ देखि २२ सम्म सञ्चालन हुनेछ । कार्यक्रममा सामाजिक रूपान्तरणमा उदाहरणीय काम गर्दै आएका विश्वका प्रतिष्ठित महिलाहरूको सहभागिता रहनेछ भने सहभागिहरुले आ -आफ्नो देशमा भएका महिला सशक्तीकरण, समस्या र समाधानका उपायबारे छलफल गर्नेछन् ।
कार्यक्रममा अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा र उनकी पत्नि मिशेल ओबामा पनि सहभागी हुनेछन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com