असार, १० । काठमाण्डौको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ ले युवाहरुलाई लक्षित गरि बेकरी तालिम सुरु गरेको छ । वडाले कपन महिला समाज नेपालसँगको सहकार्यमा २२ दिने युवा लक्षित वेकरी तालिम सुरु गरेको हो । आज एक कार्यक्रमकाबीच काठमाण्डौ क्षेत्र नं ४ ख का प्रदेश सांसद जयराम थापाले वेकरी तालिमको उद्घाटन गरे । प्रमुख अतिथि थापाले बेरोजगार युवाहरूलाई लक्षित यो तालिम निकै उपयोगि रहेको बताउँदै आर्थिक रूपमा सवल बनाउन मद्दत पुग्ने बताए ।
तालिम उद्घाटनमा १२ न. वडाका अध्यक्ष शम्भु प्रसाद भट्टराईले महिलाहरूले लिने तालिमलाई अवको दिनमा व्यवसायको रूपमा अगाडि वढाउनु पर्नेमा जोड दिए । वडा अध्यक्ष भट्टराईले आगामी दिनहरुमा पनि वडाले युवा लक्षित कार्यक्रमहरुलाई प्राथमिकतामा राख्ने र महिलाहरुलाई आत्मनिर्भर बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा कार्यपालिका सदस्य शान्ता ढकाल, समुहका पुर्वअध्यक्षहरू, संस्थाका पदाधिकारी तथा तालिमका प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष गिता रिजालको अध्यक्षतामा भएको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com