साउन, ३। काठमाडौंको सिनामंगल पुल नजिकै शंकास्पद वस्तु भेटिएको छ । सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।
शंकास्पद बस्तु भेटिएपछि प्रहरीले त्यस स्थान वरपरको क्षेत्रलाई नियन्त्रणमा लिइ निगरानीमा राखेको छ । शंकास्पद वस्तु भेटिएको ठाउँ नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको छ ।
प्रहरीले शंकास्पद बस्तुको अनुसन्धान गरिरहेको छ । आवश्यक परे नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइने प्रहरीले जनाएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com