साउन, ५ । ह्वाइट हाउसले युक्रेनले रुसी सेनाविरुद्ध अमेरिकी क्लस्टर बम प्रयोग गरिरहेको पुष्टि गरेको छ। राष्ट्रिय सुरक्षासम्बन्धी मामिलाका प्रवक्ता जोन किर्बीका अनुसार प्रारम्भिक प्रतिक्रियाले ती अस्त्रहरू रुसविरुद्धको कारबाही र प्रतिरक्षाका निम्ति प्रभावकारी ढङ्गमाू प्रयोग भइरहेको देखाएको छ। क्लस्टर उपकरणले एकै पटकमा धेरै साना खालका बमहरू प्रहार गर्छ। त्यसले आम नागरिकहरूलाई निम्त्याउने जोखिमका कारण एकसय भन्दा बढी देशहरूमा यसको प्रयोग प्रतिबन्धित छ।
युक्रेनलाई सहयोग स्वरूप प्रदान गर्ने अस्त्रहरूको आपूर्ति बढाउन अमेरिका उसलाई क्लस्टर बम दिन सहमत भएको थियो। युक्रेनले ती बमहरू रुसी शत्रु सैनिकहरूको शक्ति निस्तेज पार्न मात्र प्रयोग गर्ने प्रतिबद्धता जनाएको छ। bbc
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com