साउन, ११ । अन्तरपार्टी महिला सञ्जाल सोलुखुम्बुको अध्यक्षमा नेपाली काँग्रेसबाट राधीका श्रेष्ठ चयन भएकी छिन् । बुधबार बसेको सञ्जालको बैठकले आगामी कार्यकालका लागि श्रेष्ठलाई चयन गरेको हो । उनी यसअघि सदस्यको रुपमा सञ्जालमा झण्डै सात वर्षदेखि काम गर्दै आएकी थिईन् ।
सञ्जालको उपाध्यक्षमा जनता समाजवादी पार्टीबाट सावित्रा विक, सचिवमा एमालेबाट सम्झना घिमिरे र कोषाध्यक्षमा माओवादीबाट दिब्या खालिङ चयन भएका छन् । महिलाहरुको हकहितको लागि काम गर्दै आएको सञ्जालले १४ सदस्यीय समिति बनाएको छ ।
महिला हिंसामा परेका महिलाहरुको उद्धार गर्ने, उनीहरुको हकहित र अधिकारका बारेमा सचेतना गराउने काम सञ्जालले गर्दै आएको छ भने स्थानीय तहहरुसँगको समन्वयमा विभिन्न महिला शशक्तिकरणका कार्यक्रमहरु पनि गर्दै आएको छ ।
सञ्जालले हरेक एक/एक वर्षमा नेतृत्व परिवर्तन गर्दै आएको छ । यसअघिको कार्यकाल नेकपा एमालेबाट सूर्य कुमारी सुनुवारले नेतृत्व गरेकी थिईन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com