साउन, ११ । राजस्व अनुसन्धान विभागले काठमाडौँको लाजिम्पाटस्थित चिनियाँ नागरिक बस्ने घरमा छापा मारेको छ । विमानस्थलबाट बरामद गरिएको करिब १ सय किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिक जीक्वाङ लिनको घरमा राजस्वले खानतलासी गरेको हो । छापा मार्ने क्रममा राजस्वको टोलीले सो घरबाट कागजात र केही सामान बरामद गरेको छ ।
साउन ३ मा बरामद गरिएको सुन ‘तस्करी’मा संलग्न आरोपमा जिक्वाङ लिन यसअघि नै पक्राउ परेका छन् । तस्करीमा संलग्न अरोपमा चिनियाँ र भारतीय नागरिकसहित १७ जना थुनामा छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com