साउन, १२ । आगामी एकदिवसीय विश्वकपको खेल तालिकामा केही परिवर्तन गरिने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईका सचिव जय शाहले बताएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीका तीनवटा पूणर्कालीन सदस्यले लिखित रुपमै आग्रह गरेपछि विश्वकपको खेल तालिकामा सामान्य परिवर्तन गरिने शाहले बताएका हुन् ।
केही खेलको मिति र समयमा परिवर्तन भए पनि खेल स्थलमा भने कुनै परिवर्तन नहुने शाहले जनाएका छन् । बीसीसीआईका सचिव शाहले भनेका छन्, ‘अहिलेको खेल तालिका हेर्दा कतिपय टोलीको दुई खेलको बीचमा लामो समयको अन्तर देखिन्छ, सम्भवतः त्यसलाई कम गरिने छ। ,’
आईसीसी एकदिवसीय विश्वकप आगामी अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखसम्म भारतमा आयोजना हुँदैछ । विश्वकपको उद्घाटन खेल अक्टोबर ५ तारिखमा अहमादाबादमा इङ्ल्यान्ड र न्युजिल्यान्डबीच हुनेछ । विश्वकप अवधिभरमा भारतका १० वटा रंगशालामा कूल ४८ खेल खेलिने छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com