साउन, ३०। रुसको दक्षिणी क्षेत्र डागेस्तानको एक पेट्रोल पम्पमा विस्फोटपछि भएको आगलागीमा परी कम्तीमा २७ जना मानिसको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।
अधिकारीहरूका अनुसार मृत्यु हुनेमा केही बालबालिका समेत रहेका छन्। आगोको रापका कारण गम्भीर घाइते भएकाहरूलाई उपचारका लागि मस्को लगिएको बताइएको छ। क्यास्पियन सागरको तटमा रहेको क्षेत्रीय राजधानी मखाच्कला सहरमा भएको विस्फोटको कारण भने हालसम्म खुल्न सकेको छैन। स्थानीय सञ्चारमाध्यमका अनुसार पेट्रोल पम्पमा फैलनुअघि त्यहाँ नजिकै कार पार्किङ गरिएको क्षेत्रबाट आगो लाग्न सुरु भएको थियो। bbc
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com