साउन, ३२ । नेपाल विद्यार्थी संघको केन्द्रिय समिति बिधान सम्मत नभएको भन्दै असन्तुष्टि जनाइरहेको असन्तुष्ट पक्षधरले सानेपामा अनशन सुरु गरेको छ। नेपाली कांग्रेसका शिर्ष नेताहरु डा.शेखर कोईराला, प्रमुख सचेतक रमेश लेखक महामन्त्रीदय गगन थापा र बिश्वप्रकाश शर्मालाई विधान बुझाएको असन्तुष्ट समुहले अनसन सुरु गरेको हो।
नेविसंघका नेता विनोदशाही ठकुरी, दिपक ओझा, योगेन्द्र रावल, अशोक बिष्ट, रमेश घिमिरे लगायतका बिद्यार्थी नेताहरूले बिधान रक्षार्थ यो महाअभियान सुरु गरेका हुन।
हामी बिद्यान सम्मत पक्षधर हौँ, नेविसंघ ठिक तरिकाले चलिरहेको छैन ठिक तरिकाले बिधान सम्मत चल्नुपर्यो र जायज माग सम्बोधन गर्न पार्टी अग्रसर हुनुपर्छ, पार्टीका सबै तहतप्कामा सधैंका लागी बिधान मिच्ने प्रवृत्तिको अन्त्य आबश्यक रहेको बिद्यार्थी नेता विनोद शाही ठकुरीले भने।
नेता ठकुरीले माग पुरा नभएसम्म अनसन जारी रहने बताए । बिद्यान सम्मत केन्द्रिय कार्यसमिति विस्तारको माग गर्दै पार्टी कार्यालयमा हिजोदेखी गणेशमान शाह र रामजी बस्नेतले अनसन सुरु गरेका थिए। अनसनको सिफ्ट १२ घण्टाको फरकमा चल्नेछ। आजको पहिलो सिफ्टमा निश्चल घिमिरे र दिनेश कार्की अनसन बसेका छन्।
उनीहरुले नेविसंघलाई बिधान सम्मत पुर्णतादिन, नेविसंघमा अन्याय गरिएका देशभरका संगठनमा दुख गरेका साथीहरूलाई बिधान सम्मत न्याय गर्न, बिधानसम्मत केन्द्रीय कार्यसमितिमा समाबेशी सहित सबैको प्रतिनिधित्व हुनेगरि समाबेश गर्न माग गरेका छन् । नेता दिपक ओझाले नेविसंघको बिधान सम्मत समिति निर्माणको विकल्प नरहेको बताए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com