भाद्र, ३ । क्यान्सर रोगबाट पीडित मनिसा बास्तोलाको उपचारका लागि सात लाख भन्दा बढी आर्थिक सहयोग जुटेको छ । सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका २ पुरानागाउ माइती भइ हाल खोटाङको ऐसेलुखर्क निवासी मनिसाको उपचारको लागी ७ लाख ६५ हजार ६ सय ६१ रुपैयाँ आर्थिक सहयोग जुटेको हो ।
परिवारको आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा समस्या हुदै आएको थियोे । सोहि अवस्थालाई मध्यनजर गर्दै स्थानीय समाजसेवी तथा विद्यार्थी नेता द्रोण बास्तोलाको नेतृत्वमा आर्थिक सहयोग संकलन गरिएको थियोे । उक्त संकलित रकम आज पीडित परिवारलाई हस्तान्तरण गरिएको आर्थिक सहयोग संकलन अभियानका सहयोगी तथा नेविसंघका केन्द्रिय सदस्य बाबुराम आचार्यले जानकारी दिए ।
संकलित रकम आज काठमाडौ स्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगि जिल्ला समन्वय समिति साेलुखुम्बुका प्रमुख कृष्णप्रसाद निराैला, नेता तथा समाजसेवीहरु धर्मराज पाेखरेल, शम्भुहरि वास्ताेला, अभियानका संयाेजक द्राेण वास्ताेला, बाबुराम आचार्यसहितले विरामिका श्रिमान सुर्य पाण्डेलाई नगद प्रदान गरेका हुन् । उपचारका लागि रकम पाएपछि विरामि मनिसा वस्ताेलाले आफु अब पैसा कै अभावले नमर्ने भन्दै सहयाेगि सवैलाई धन्यवाद दिएकी छिन् ।
मनिसा बिगत लामो समयदेखी क्यान्सर रोगबाट ग्रसित थिइन् । अहिले उनको स्वास्थ्यमा केही सुधार हुँदै गएको परिवार स्रोतले बताएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com