काठमाडौं, २७ भदौ । ६१ किलो सुन तस्रकीको अनुसन्धान गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन तस्करी संलग्न रहेको कम्पनी रेडी ट्रेडविरुद्ध ३ अर्ब ५० करोड बिगो कायम गर्न माग गर्दै बुधबार आफ्नो प्रतिवेदन बुझाउँदै छ ।
उक्त कम्पनीले थप ब्रेक शुबाट ३०२ किलो सुन ल्याएको निष्कर्ष निकाल्दै सीआईबीले रेडी ट्रेडविरुद्ध ३ अर्ब ५० करोड बिगो कायम गरेर मुद्दा चलाउन राय दिएको छ । अदालतमा मुद्दा दायर गर्न जिल्ला अदालत काठमाडौँलाई राय दिएको छ ।
सीआईबीले लामो अनुसन्धानपछि आफ्नो प्रतिवेदन बुधबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउन लागेको प्रतिवेदनमा सो राय दिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएर बाहिरिएको ६० किलो ७१६ ग्राम सुन गत २ साउनमा आन्तरिक राजश्व विभागले बरामद गरेको थियो । ब्रेक शुमा लुकाएर ल्याइएको उक्त सुन रेडी ट्रेडमार्फत ल्याइएको खुलेको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com