असोज, ९ । ताप्लेजुङ घुन्सा हेलिकप्टर दुर्घटनाको सम्झना गरिएको छ । विगतका वर्षहरु झैँ यो वर्ष पनि जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालले राजधानीमा एक कार्यक्रमको आयोजना गरी घुन्सा दुर्घटनामा परी ज्यान गुमाएकाहरूको फोटोमा माल्यार्पण, दीप प्रज्वलन गर्दै सम्झना गर्यो ।
समाजसेवी दिपेन्द्र बिष्टको, जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालका अध्यक्ष पुष्पराज पाण्डे, सभापतित्वमा विज्ञान अर्याल, सनत गिरी, शिव खत्री, ज्योति गिरी लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।
जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालले काठमाडौँको रामकोट स्थित दुर्घटनामा मृत्यु भएका स्वदेशी तथा विदेशी गरी २४ जनाको अर्धकदको शालिक स्थापना गरेको छ ।
विसं २०६३ असोज ७ गते भएको हेलिकोप्टर दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राई, भूगोल तथा योजनाविद् डा। हर्क गुरुङ, संरक्षणविद् डा। तीर्थमान मास्के सहित २४ जना संरक्षणविद्ले ज्यान गुमाएका थिए । विश्व वन्यजन्तु कोष नेपालद्वारा आयोजना भएको कञ्चजंगा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण कार्यक्रममा भाग लिएर फर्कने क्रममा घुन्सास्थित फले पहाडमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।
ताप्लेजुङको घुन्सास्थित हेलिकप्टर दुर्घटना भएको १७ वर्ष पूरा भएको छ । उक्त दुर्घटनामा परी ज्यान गुमाएकाहरूको योगदानको स्मरण गर्दै हरेक वर्षको असोज ७ गते राष्ट्रिय संरक्षण दिवस मनाउने गरिन्छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com