पोखरा, १६ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे कागबेनी पुगेका छन् ।
गत साउन २८ गते राती कागबेनीमा भिषण बाढी गएपछि त्यसको स्थलगत अध्ययन र अवोलकनका लागि उनी मुस्ताङको कागवेनी पुगेका हुन ।
हिमाल पारीको जिल्लामा अचानक आएको उक्त बाढीले दर्जनौं घर तथा संरचनाहरु क्षति हुन पुगेको छ, जसमध्ये २ वटा बैंक पनि बगाएको थियो ।
अहिले स्थानीयहरु पुनः निर्माणमा जुटिरहेको बेला पुगेका मुख्यमन्त्री पाण्डेसँग सहयोगका लागि अनुरोध गरेका छन ।
प्रारम्भिक अनुमान अनुसार बाढीबाट करिव ३ अर्वभन्दा बढीको क्षति भएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com