काठमाडौं, १७ असोज । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा उपाध्यक्षका उम्मेदवार गणेश केसी चुनावी अभियानको क्रममा विश्व दौडाहामा निस्केको छन ।
एनआरएनएको माहौल बनाउन विश्व दौडाहामा निस्किएका केसी मंगलबार हङकङ पुगेका छन । सो अवसरमा एनआरएनए हङकङसँग भेटघाट तथा छलफल गरेका छन ।
केसीले ४ र ५ तारिखमा कोरिया, ८ तारिखमा नेदरल्याण्ड्स, ९ तारिखमा बेल्जियम, १० तारिखमा डेनमार्क, ११ तारिखमा पोर्चुगल र १२ तारिखमा दुवई पुग्ने कार्यक्रम तय भएको बताए ।
आफ्नो उम्मेदवारी र चुनावी एजेन्डा सहित भ्रमणमा निस्केका केसीलाई एनसिसी हङकङका पूर्व अध्यक्ष तथा हाल आइसिसी महिला सचिव टिका गुरुङ, अध्यक्ष गोकर्ण ढकाल, एनआरएनएका सँस्थापक प्रकाश पुनसहित कार्यसमितिबाट स्वागत गरेका थिए ।
केसी बुधबार अर्थात ४ र ५ तारिखमा कोरियामा रहनेछन । सो अवसरमा गैर आवासीय नेपालीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । कोरियामा भेटघाट सकाएर ६ र ७ तारिखमा यूकेमा भेटघाटको कार्यक्रम तय भएको छ ।
यस्तै, यही ८ तारिखमा नेदरल्याण्ड्स, ९ तारिखमा बेल्जियम, १० तारिखमा डेनमार्क, ११ तारिखमा पोर्चुगल र १२ तारिखमा दुवई पुग्ने कार्यक्रम तय भएको छ ।
एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष तथा हाल आइसिसी उपमहासचिव रहेका भएका केसी एनआरएनए अभियानमा सन् २००५ देखि निरन्तर सक्रिय छन् ।
केसीले सन् २०११–१३ मा एनआरएनए अष्ट्रेलियाको नेतृत्व समालेका थिए । तत्कालीन अवस्थामा एनआरएनए भवन निर्माणमा ओसिनिया क्षेत्रको संयोजक भएर भवन निर्माणका लागि २ करोड संकलन गर्न सफल केसीले सामाजीक कल्याणकारी कोषमा १ करोड ६३ लाख संकलन गराउन सफल भएका थिए ।
एनआरएनएको संरचनालाई अझ बलियो बनाउन र विदेशमा सिकेको ज्ञान, सिप र अनुभवलाई समेटेर नेपालमा प्राविधिक शिक्षामा जोड दिदैं सातै प्रदेशमा प्राविधिक शिक्षालय स्थापना गर्ने केसीको प्रमुख एजेन्डा रहेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com