काठमाडौं, तनहुँमा ट्याक्टरबाट खसेर एक पुरुषको मृत्यु भएको छ । भीमाद नगरपालिका ६ जलौंदीका ३३ वर्षीय मीनबहादुर सार्कीको ट्याक्टरबाट खसेर मृत्यु भएको हो ।
जनज्योति माविबाट बसपार्क जाँदै गरेको ग १ त ४४४६ नम्बरको ट्याक्टरमा यात्रा गरिरहेका सार्की गुडिरहेको ट्याक्टरबाट खसेका थिए ।गम्भीर घाइते उनलाई जीपी कोइराला श्वास प्रश्वास केन्द्रमा उपचारका लागि पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com