
काठमाडौं । नेपाली बजारमाम बिहीबार सुनचाँदीको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार छापावाला सुन तोलामा १ हजार रुपैयाँले घटेर १ लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
साथै तेजाबी सुन प्रतितोला १ लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाल सुन प्रतितोला १ लाख १४ हजार ७०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १४ हजार १५० रूपैयाँमा कारोबार भएको थियो ।
बिहीबार तोलामा ५ रुपैयाँले घटेर चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ३८५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com