
काठमाडौँ । धनुषा प्रहरीले छठ पर्वका व्रतालुहरूलाई छठ पर्वमा पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षा व्यवस्थालाई कडा बनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी मित्रबन्धु शर्माका अनुसार श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वमा कुनै पनि अप्रिय घटना घट्न नदिन विशेष सुरक्षा कार्य योजना बनाइएको हो ।जिल्लाभरिकै महत्त्वपूर्ण स्थानहरूमा भिडभाड हुने ठाउँहरूमा छठ पर्वका भक्तजनहरूलाई सुरक्षा दिन तथा भिड नियन्त्रण गर्न विशेष कार्य योजना बनाइएको एसपी शर्माले बताए ।
‘छठ पर्वका अवसरमा जनकपुरधाम लगायतका कतिपय स्थानमा रातिको समयमा छठ घाटमै बस्ने परम्परा छ,’ उनले भने, ‘यस्तोमा आपराधिक क्रियाकलाप हुने सम्भावना बढी हुने भएकाले सुरक्षा सतर्कता बढाएका छौँ ।’ उनले सुरक्षा व्यवस्थालाई मध्यनजर गरी छठ घाटमा अवाञ्छित तथा आपराधिक घटना हुन नदिन सादा पोसाकमा पनि पुरुष तथा महिला प्रहरी परिचालन गरिने बताए ।
भक्तजनहरू छठ पर्व निर्बाध मनाउन पाउन भन्ने उद्देश्यले धनुषामा छठ पर्वको मुख्य दिन भोलि९आइतबार० तीन सय बढी प्रहरी खटाइने उनले जनाए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com