सिन्धुपाल्चोक १५ । सिन्धुपाल्चोक स्थित लिसङ्खुपाखर गाउँपालिकाले नेपाल विद्युत प्राधिकरण सिन्धुपाल्चोकलाई सडक बत्ति महसुल वापत कुनै बक्यौता तिर्न बाँकी नरहेको स्पष्ट पारेको छ ।
विद्युत प्राधिकरणले गएको असोज २१ गते सुचना जारी गर्दै लिसङ्खुपाखर गाउँपालिकाले सडक बत्ति बाले वापत २ हजार ६ सय ९३ रुपैँया बक्यौता नतिरेको जनाएपछि लिसङ्खुपाखर गाउँपालिकाले उक्त सूचनाको खण्डन गरेको हो । गाउँपालिकाले सडक बत्ति भनेर प्राधिकरणबाट विजुली नबालिएको स्पष्ट पारेको छ ।
नेपाल विद्युत प्राधिकरणलाई शुक्रबार ध्यानाकर्षण पत्र लेख्दै गलत सुचनाका कारण गहिरो चोट पुगेको लिसङ्खुपाखर गाउँपालिकाले जनाएको छ । साथै प्राधिकरणलाई यथासिघ्र भुल सुधार गर्दै प्रकाशित सुचनाबाट गाउँपालिकाको नाम हटाउन आग्रह गरिएको छ ।
गाउँपालिका अध्यक्ष राजु लामाद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा आगामी दिनमा झुटो तथा मिथ्या प्रचार नगरिदिन नेपाल विद्युत प्राधिकरण लामोसाँघुलाई अनुरोध गरिएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com