मंसीर, १७ । दशैं अघिदेखि नै सुरु भएको चिनीको अभाव बजारमा फेरि देखिएको छ । काठमाडौं उपत्यकाका खुद्रा र होलसेल पसलहरुमा फेरि चिनी अभाव भएको व्यापारीहरुले बताएका छन् । सरकारले आपूर्ति व्यवस्थामा गरेको गम्भीर हेलचेक्रयाइँ गरेका कारण बजारमा फेरि चिनीको अभाव देखिएको व्यापारीहरु बताउँछन् । व्यापारीहरुले समेत कतै पनि चिनी किन्न पाएका छैनन् ।
नेपालमा वार्षिक ३ लाख मेट्रिक टन चिनी खपत हुन्छ । जसमध्ये करिब एक लाख ५० हजार मेट्रिक टन चिनीको माग स्वदेशी उत्पादनले धान्छ भने बाँकी आयात गर्नु पर्ने अवस्था छ । तर, यस वर्ष भारतले चिनीमा बढाएको करका कारण बजारमा पर्यप्त मात्रामा चिनी आयात हुन सकेन । स्वदेशी उद्योगीहरुले पनि बजारमा चिनीको कृत्रिम अभाव सृजना गरेका छन् ।
यता वाणिज्य मन्त्रालयले आफूहरु आपूर्ति व्यवस्था मिलाउनका लागि छलफलमा जुटिरहेको जनाएको छ भने साल्ट ट्रेडिङले पनि आफूहरुको गोदाममा चिनी मौज्दात नरहेको जनाएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com