मंसीर, २० । काठमाण्डौको बसन्तपुर दरवारभित्र रहेको एतिहासिक महत्व र धार्मिक विश्वाससंग जोडिएको इनार माथि चढेर गायक तथा नायक प्रकाश सपुतले नाचेपछि अहिले उनको चर्काे आलोचना भइरहेको छ । गित छायाँकनको क्रममा मोडल सहित नाचेका थिए । दृश्यमा प्रकाश सपुत र जुना विश्वकर्मा देखिएकी छिन् । तर यो पुरानो म्युजिक भिडियो छायांकन बेलाको एक क्लिप हो ।जसको विरुद्ध विशेषगरी नेवार समूदाय, जनजाती समूदायका अगुवाहरु र संस्कृतीसंग सम्वन्ध राख्ने व्यक्तिहरुले प्रकाश समपुतले माफी माग्नु पर्ने बताइरहेका छन् । सामाजिक संजालमा प्रकाशको आलोचना झन् झन्ु बढीरहेको छ । सामाजिक संजालको प्रतिक्रिया हेर्दा उक्त म्युजिक भिडियोको सुटिङ गरेर सपुतले नेवाः सभ्यता र संस्कृतिमाथि अपमान गरेको लेखेका छन् ।
यो म्युजिक भिडियोको कोरियोग्राफी शंकर बीसीले गरेका थिए । तर, यसबेला आएर सपुतले संजालमा गाली खाइरहेका छन् । वसन्तपुरको कुमारी घरनजिकै रहेको उक्त इनारमाथि उभिएर सपुत र जुनाले तीजको गीतमा नाचेका थिए । गीतको भिडियोमा ट्यांकीमाथि उभिएको दृश्य देखिँदैन तर, छायांकन हेरिरहेका दर्शकले सामाजिक संजालमा अहिले आएर पोस्ट गरेपछि यसले चर्चा बटुलेको हो । ‘जीवित देवी’ कुमारीले खानेपानीका लागि प्रयोग गर्ने बताइएको उक्त ट्यांकीमाथि उभिएर नाचेपछि सपुत आलोचित छन् । उक्त गीतको पुरै छायांकन वसन्तपुर क्षेत्रमा भएको थियो । प्रकाश सपुतले पछिल्लो समय गरेका कुनै पनि काम विवादरहित हुन सकेको छैन । उनी श्रृजनशिलताको नयाँ नयाँ आयामहरु गित संगितमा दिन खोज्छन् तर कहीँ न कहीँ विवादको बिउ रोपेकै हुन्छन् ।
इतिहासविद्का अनुसार उक्त इनार मल्लकालमा बनाइएको र त्यो कुमारीको नीजि इनार समेत हो । हिउँदमा कुमारीले सो इनारको पानी प्रयोग गर्ने बताइन्छ । तर, उनले अन्य केही मिडिया कुराकानीमा सपुतले आफूहरुबाट गल्ती भएको भन्दै माफी मागेका छन् । काठमाडौं महानगरले पछिल्लो समय वसन्तपुर क्षेत्रमा फिल्म, वृत्तचित्र र म्युजिक भिडियो छायांकनका लागि शुल्क तोक्दै निश्चित नियम ल्याएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com