मंसीर, २० । राप्रपाको कार्यसम्पादन समितिको बैठक आज बसेको छ। आजको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न ७ वटा एजेण्डा छलफलका लागि प्रस्तुत गर्नुभयो । राजसंस्था, हिन्दुराष्ट्रको पुनस्थापना लगायत जनजीविकाबारे राप्रपाले जनदबाब र आन्दोलन गर्ने विषयमा आन्दोलनको स्वरुप तयार पार्न गठित कार्यदलको तर्फबाट वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आन्दोलनको आवश्यकता, औचित्य सम्बन्धी ड्राफ्ट बैठकमा पेश गर्नुभएको छ। ड्राफ्टमाथि प्रारम्भिक छलफल शुरु भएको छ। अन्य एजेण्डामाथि छलफल हुने क्रम जारी छ। बैठक बिहिबार बिहान ८ बजे पुन बस्नेछ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com